दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना

दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौँबाट पोखराका लागि उडेको थियो।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ। अहिले उद्धारको काम जारी छ।

जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

दुर्घटनामा परेको सौर्य एअरलायन्सको जहाजबाट क्याप्टेनको उद्धार गरिएको छ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन्। उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ।