
हास्य प्रेम र सामाजिक सन्देशको अनौठो मिश्रण लघु चलचित्र मंगल प्रसाद आजबाट प्रर्दशन भएको छ । 360films को निर्माणमा तयार भएको यो चलचित्र भ्यालेन्टाइन डेको अवसर पारेर 360entertainment youtube च्यानलबाट रिलीज भएको हो ।
https://www.youtube.com/@360entertainment0
प्रेमका साथै समाजलाई सकारात्मक सन्देश दिने र चलचित्रले एक ईमान्दार र सीधासाधा हिन्दु पुजारीको प्रेमकथा र उनको जीवनमा आएका विभिन्न मोडहरूको चित्रण गरेको छ।

चलचित्रको निर्देशन र कथा रुपेश रेग्मीले गरेका हुन् । चलचित्रमा निर्देशक स्वयम रुपेस ,प्रिन्सा न्यौपाने, दीपक बस्नेत ,टिकाराम आचार्य, रेवन कटवाल, निश्चल खडका र आश्विन अधिकारीको जिवन्त अभीनय रहेको छ ।

पुजारीको भूमिकाले दर्शकलाई खुब हाँसाउने छ भने नायिकाको भूमिकाले अन्त्यतिर दर्शकलाई भावुक बनाउनेछ।

चलचित्रको छायाङ्कन र सम्पादन 360films ले नै गरेको थियो ।
मंगल प्रसादले प्रेमको माध्यमबाट समाजमा रहेका विभिन्न विसंगतिहरूलाई उजागर गर्दै सकारात्मक सन्देश दिन खोजेको छ। चलचित्रको कथामा हाँस्यको मिश्रणले यसलाई हाँस्यप्रिय दर्शकहरूको लागि पनि आकर्षक बनाएको निर्देशक रेग्मी बताउछन ।
मगल प्रसादको आगामी भागहरु रेगुलर रुपमा मै आइरहने 360films ले जानकारी गराएको छ ।
भीडियो हेर्नुहोस
प्रतिक्रिया