काठमाडौं, काठमाडौंको व्यस्त सडक र नदी किनारमा कष्टकर जीवन बिताउने एक पात्रको को हृदयस्पर्शी कथा बोतल चाडै प्रदर्शन हुने भएको छ ।

निर्देशक दिवश नेपालको लेखन निदेर्शन र 360films को सहकार्यमा उक्त सामाजिक चलचित्र बन्न लागेको हो । मार्मिक छोटो चलचित्र बोतलले समाजको नजरबाट ओझेल परेका व्यक्तिहरूको दैनिकीलाई नजिकबाट दर्साउँदछ । उनीहरूले भोगेका तिरस्कार र अपमान लाई चलचित्र बोतलले प्रतिबिम्बित गरेको छ । चलचित्रले दर्शकहरुलाई न्यायको खडेरी परेको समाजमा सति साल झैं उभिन सक्ने जत्था खोज्न बाध्य तुल्याउँने निदेर्शक नेपाल बताउछन ।

उनी भन्छन, हामीले यो चलचित्रमार्फत समाजमा व्याप्त दमन र बेसहारापनको मुद्दालाई उजागर गर्ने प्रयास गरेका छौं । एउटा सानो बोतल जस्तै, यी मानिसहरूको जीवन पनि समाजको लागि अर्थहीन जस्तो लाग्न सक्छ, तर उनीहरू भित्र पनि मानवीय भावना, संवेदना र अस्तित्वको बोध छ।
चलचित्रमा नविन लुहागुन, दिपेश नेपाल, अनुज बिष्ट, सबिन रसाइली, गौरव आचार्य, दानियल शेर्पा र मदन बस्नेत लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ। टिकाराम आचार्य को छायांकन र सम्पादनमा निर्माण भएको चलचित्र बोतल चाँडै नै विभिन्न अनलाइन प्लेटफर्महरू मा मार्फत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रको प्रदर्शन मिति र थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ । निर्माण पक्षले यो सामाजिक सन्देशमूलक चलचित्र हेरेर समाजमा व्याप्त यस्ता किसिमका समस्याहरुलाई निरुत्साहित गर्न आम दर्शकदीर्घहरु सचेत हुनेछन् भन्ने कुराको विश्वास समेत व्यक्त गरेको छ । नेपालमा बढ्दो बेसाहाराहरु को संख्यालाई मध्यनजर गर्दै सरकारले यसको उचित व्यवस्थापनका लागि ठोस कदम चाल्नु पर्ने कुरामा जोड दिएका छन्।
उक्त चलचीत्र काठमाडौ, भक्तपुर र ललीतपुरका विभीन्न स्थानहरुमा छाँयाङकन भएको थियो ।
प्रतिक्रिया