गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा)। भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आईपुगेका छन्। यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनि महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन्। अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ। “केही समयअघि गढीमाईको भाकल…