धारिलो हतियार प्रहारबाट वृद्धको मृत्यु

धारिलो हतियार प्रहारबाट वृद्धको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुलीकोट। धारिलो हतियार प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार गोरखा नगरपालिका – ६ काँडेझयाङस्थित बारीमा ८५ वर्षीय तोपबहादुर पाठकको धाँरिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुबकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार मृतक पाठकको टाउको, घाँटी र खुट्टाम गहिरो चोट देखिएको छ । हत्याबारे अनुसन्धानबाट यकिने हुने उनले बताए ।

मृतक पाठकलाई बारीको कुनामा रगतम्यै अवस्थामा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान टोलीले उद्धार गरी जिल्ला अस्पताल गोरखामा पु–याउँदा चिकित्सकले १०ः३० बजे मृतक घोषण गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा खटिई गएको टोलीले घट्नास्थलबाट धारिलो हतियार र टोपी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।