काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन्।
सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताए।
उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको विरोध गरे। संयुक्त राष्ट्रसङ्घमा यसको विरुद्धमा पटक पटक प्रस्तावहरू पारित हुने गरेको भए पनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए। अमानवीय ढङ्गले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बताए।
प्रतिक्रिया