गाजापछि इजरायलले गर्यो यमनमा आक्रमण

गाजापछि इजरायलले गर्यो यमनमा आक्रमण

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। हमास विरुद्धको ९ महिनाको युद्धपछि शनिबार पहिलो पटक इजरायलले यमनमा हुथी विद्रोहीको धेरै स्थानमा हवाई आक्रमण गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

यमनको समाचार च्यानल अलमसिरा टिभीले आक्रमणपछि इन्धन भण्डारमा ठूलो आगो लागेको जनाएको छ। सामाजिक सञ्जालमा धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्, जसमा धुवाँको मुस्लो उठेको देखिएको छ। यस आक्रमणमा तीन हुथी विद्रोहीको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्। तर, आक्रमणको गम्भीरतालाई हेर्दा यो संख्या बढ्न सक्ने सम्भावना छ।

तेल अवीवमा भएको आक्रमणको जवाफमा इजरायलले यमनमा आक्रमण गरेको छ। वास्तवमा, हुथी विद्रोहीहरूले शुक्रबार (जुलाई १९) इजरायली शहर तेल अवीभमा ड्रोन आक्रमण गरेका थिए। जसमा एक ५० वर्षीय इजरायलीको मृत्यु भएको थियो। त्यहाँ करिब १० जना घाइते भएका छन्।

इजरायली रक्षामन्त्री योभ गालान्टले यमनमा हमलापछि भने, “इजरायली नागरिकको रगतको मूल्य छ र यदि इजरायलीहरूमाथि आक्रमण भयो भने परिणाम लेबनान र गाजामा जस्तै हुनेछ।” “होडेडामा अहिले बलिरहेको आगो मध्य पूर्वमा देखिएको छ, र यो स्पष्ट छ,” गैलान्टले भने।