केदारनाथमा पहिरो जाँदा ३ श्रद्धालुको मृत्यु

केदारनाथमा पहिरो जाँदा ३ श्रद्धालुको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको केदारनाथ तीर्थस्थलमा ढुंगा खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको छ। यस दुर्घटनामा ८ जना घाइते भएका छन्।

गौरीकुण्डबाट ३ किलोमिटर टाढा चिरवासामा बनेको फुटपाथ हुँदै केदारनाथ धामतर्फ जाँदै गरेका तीर्थयात्रीलाई ढुंगाले ठक्कर दिएको हो।

दुर्घटनाको जानकारी रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापनका नन्दनसिंह राजवारले दिएका छन्। मारिएका व्यक्तिहरू कहाँका थिए भन्ने जानकारी भने खुल्न सकेको छैन। यद्यपि एनडीआरएफ टोलीले राहत र उद्धार कार्य सुरु गरेको छ।