काठमाडौं : ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो ।
सिनेमाको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।
सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो सिनेमाबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । सिनेमामा सक्किगोनि टिमबाट को-को कलाकार रहने तथा अन्य कलाकारहरु को-को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी सिनेमाको घोषणा कार्यक्रममा जानकारी दिइयो । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ ।
प्रतिक्रिया