इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्‍यो।

हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाए।

इजरायली सेनाले २४ घण्टामा सैन्य संरचना, आतङ्कवादी पूर्वाधार, आतङ्कवादी कोष र  संरचनाहरू लाई लक्षित गरी २५ वटा आक्रमण गरेको जनाएको छ।

सेनाले दक्षिणी गाजा सहर रफाह वरपर गुप्तचरमा आधारित गतिविधि पनि जारी राखेको जनाएको छ।

बारम्बार हमासलाई नष्ट गर्ने वाचा गरेका नेतान्याहूले मङ्गलबार इजरायल दबाबमा परेको भए पनि उग्रवादीहरू विरुद्धको इजरायली अभियानमा कुनै कमी नहुने कुरामा जोड दिएका छन्।

उनले यो समय दबाब अझ बढाउने, सबै बन्धकहरू–जीवित र मृत–घर ल्याउने र युद्धका सबै उद्देश्यहरू प्राप्त गर्ने समय भएको बताए।

गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा अधिकांश महिला र बालबालिकासहित ५२ जना मारिएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यालय ओसिएइचएले मङ्गलबार गाजामा धेरै पटक आक्रमण गर्दा दर्जनौँको ज्यान जानुका साथै कयौँ घाइते भएको जनाएको छ।

यस क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा भएको तीन आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ। (रासस/एएफपी)