ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ चालक दलका सदस्य बेपत्ता

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ चालक दलका सदस्य बेपत्ता

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ओमाननजिकैको समुन्द्रमा एउटा तेल ट्याङ्कर पल्टिएको छ। जहाजमा १३ भारतीय र ३ श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य थिए। ती सबै बेपत्ता छन्। घटना सोमबार को हो। अहिले जहाजमा १३ भारतीय रहेको खुलासा भएको छ। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले मंगलबार यो जानकारी दिएको हो।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार प्रेस्टिज फाल्कन नामको तेल ट्याङ्कर दुबईको हमरिया बन्दरगाहबाट आएको थियो। यसमा कोमोरोसको झण्डा राखिएको थियो। यो यमनको अडेन बन्दरगाह जाँदै थियो। तेल ट्याङ्कर रास मद्राकाबाट करिब ४६ किलोमिटर दक्षिण पूर्वमा बन्दरगाह सहर दुक्म नजिकै पल्टिएको हो। चालक दलका सदस्यहरुको दुई दिनदेखि खोजी तथा उद्धार कार्य भइरहेको छ।