कुसुमलाई फिल्ममा भ्याइनभ्याइ, ‘माइली’मा अनुबन्धित

कुसुमलाई फिल्ममा भ्याइनभ्याइ, ‘माइली’मा अनुबन्धित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चा बटुलेकी मोडल कुसुम शर्मालाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ । उनी एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेकी छन् ।

मिलन चाम्सको ‘वर एण्ड वधु’मा सहायक भूमिकामा अभिनय गरेकी शर्मा यतिबेला नयाँ फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् । बाबु बलामीले निर्देशन गर्ने यो फिल्ममा कुसुमको भूमिकाबारे खुलाइएको छैन ।

‘एक महत्वपूर्ण रोलमा हामीले उहाँलाई अनुबन्धित गरेका छौं’ बलामीले अनलाइनखबरसँग भने, ‘दर्शकले उहाँको रोललाई रुचाउनेछन् भन्ने लागेको छ ।’ निर्माताले कुसुमलाई लिएर फस्टलुक पनि सार्वजनिक गरेको छ ।

जहाँ, उनलाई गम्भीर भावमा देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ । जेलको सेटिङ यसमा दर्शाइएको छ ।

कुसुमसँगै फिल्ममा कलाकारको लाइनअपले पूर्णता पाएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

निर्देशक बलामीले महिलाको मर्म देखाइने फिल्मको कथावस्तु सत्य घटनाबाट प्रेरित हुने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असार अन्त्यदेखि छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिने भएको छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।