चलचित्र ‘गुन्यो चोलो’को रिलिज मिति तय

चलचित्र ‘गुन्यो चोलो’को रिलिज मिति तय

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अभिनेता नाजिर हुसेनलाई ‘पारलैङ्गिक’ भूमिकामा उतारिएको नेपाली चलचित्र ‘गुन्यो चोलो – कमिङ एज अफ अ गर्ल’को रिलिज मिति तोकिएको छ। बिहीबार एक पोस्टर सार्वजनिक गर्दै समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्र कार्तिक ९ गते रिलिज हुने बताइएको छ।

नाकमा नथिया, कानमा झुम्का र शृङ्गारमा सजिएका नाजिरलाई ‘ट्रान्सवुमन लुक्स’मा पोस्टरमा उतारिएको छ। चलचित्र भित्र यो पात्रको नाम ‘गुलाबी’ रहेको बताइएको छ। यसअघि चलचित्रको नाम पनि ‘गुलाबी’ नै राखिएको थियो।

‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा बनेको यो चलचित्रले ‘पारलैङ्गिक’ कथालाई प्रमुख विषय बनाएको निर्देशकको कथन छ। यसमा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा तथा संवाद छ। यसमा नाजिरको अलावा सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि प्रमुख अभिनय छ।

नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रका निर्माता आकाश बुढाथोकी र भि भन्से जानुबोन हुन्। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहायक निर्माता हुन्। आलोक शुक्लाको छायाङ्कन, लेखु सहयात्रीको गीत रचना र विजय बस्यालको प्रोडक्सन डिजाईन, पुष्कर लामा प्रोडक्सन हेड र राम भण्डारी क्रिएटिभ हेड रहेको छन्।