ढाका । संयुक्त राष्ट्रसंघ (यूएन) ले गत वर्ष बंगलादेशमा भएको सरकार विरोधी विद्यार्थी आन्दोलनमाथिको क्र्याकडाउनको सम्बन्धमा बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ । यस कारबाहीमा १४ सय मानिस मारिएको राष्ट्रसंघको दाबी छ । यी मध्ये अधिकांशको मृत्युको लागि सुरक्षा बलको गोलीबारी जिम्मेवार छ ।
रिपोर्टहरूका अनुसार बंगलादेशी सुरक्षा बलहरूले आन्दोलनलाई दबाउन ठूलो मात्रामा गोलीबारी, गिरफ्तारी र यातनाको सहारा लिएका थिए ।राजनीतिक नेतृत्व र उच्च सुरक्षा अधिकारीको निर्देशनमा यो कारबाही भएको हो । संयुक्त राष्ट्रसंघले यसलाई ‘मानवताविरुद्धको अपराध’ भन्दै अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।
गत वर्ष बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न विद्यार्थीहरूले व्यापक प्रदर्शन गरेका थिए । यसलाई दबाउन सुरक्षा बलहरूले हिंसाको सहारा लिए । पछि हसिनाले देश छोडेर भारतमा शरण लिनुपरेको थियो ।
हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनकारी विद्यार्थीहरूले अब नयाँ पार्टी (नुतन बंगलादेश पार्टी) गठन गर्ने घोषणा गरेका छन् । यसका लागि विद्यार्थीले ठूलो योजना बनाएका छन् ।
प्रतिक्रिया