धनगढी आउँदै गरेको बस दुर्घटना

धनगढी आउँदै गरेको बस दुर्घटना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ ।

सु.प. प्रदेश ०४–००१ ख ००२ नम्बरको ४५ जना यात्रु बोकेको बस आज दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा दार्चुलाकी २२ वर्षीया सपना बोहराको पेटमा चोट लागेको जनाइएको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना सामान्य घाइते र बाँकी अरू यात्रु सकुशल रहेका जनाइएको छ । सडक छेउको नालीमा बस आफै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।