मोटरसाइकलको ठक्करबाट वृद्धाको निधन

मोटरसाइकलको ठक्करबाट वृद्धाको निधन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम। मोटरसाइकलले ठक्कर दिँदा अछाममा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । कमलबजार नगरपालिका–१ मोटरकाट्या स्थानमा मोटरसाइकलले ठक्कर दिँदा कमलबजार नगरपालिका वडा न–१ मुलीकी ७२ वर्षीया मैसरा ढकालको मृत्यु भएको हो ।

कमलबजार–तुर्माखाँद सडकखण्डमा कमलबजारबाट तुर्माखाँदतर्फ जाँदै गरेको सुपप्र ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ढकाललाई ठक्कर दिएको थियो । ढकालले बाटो मोटरसाइकल गइरहेको बेलामा ढकालले बाटो काटिएको अवस्थामा ठक्कर दिएको हो ।

ठक्कर दिने मोटरसाइकलका चालक अछाम तुर्माखाँद गाउँपालिका–५ नाडा बस्ने २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा छानविन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।