अमेरिकी सेनाको हेलिकाेप्टर र यात्रुबाहक विमान दुर्घटना: १८ जनाको शव फेला

अमेरिकी सेनाको हेलिकाेप्टर र यात्रुबाहक विमान दुर्घटना: १८ जनाको शव फेला

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन। अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान ब्ल्याक हक हेलिकाेप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।

अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् ।

बम्बार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यानकासतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।