जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु

जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला। सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको हो ।

रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको छ ।