आजको मौसम: हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

आजको मौसम: हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बागमती ,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

यसैगरी सुदूरपशि्चमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।