क्यालिफोर्नियामा फेरि चर्कियो आगो, ५० हजार मानिसलाई घर छाड्न आदेश

क्यालिफोर्नियामा फेरि चर्कियो आगो, ५० हजार मानिसलाई घर छाड्न आदेश

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस। अमेरिकाको क्यालिफोर्नियामा विगत केही सातादेखि लागेको आगो फेरि एकपटक चर्किएको छ। यस पटक लस एन्जलसको उत्तरी क्षेत्र ह्युजमा आगलागी भएको छ। बुधबार भएको आगलागीबाट करिब १० हजार एकड क्षेत्रफल जलेको छ। आगलागीका कारण ५० हजार मानिसलाई घर छाड्न भनिएको छ।

न्युयोर्क टाइम्सका अनुसार क्यास्टेक ताल नजिकको यो आगो निभाउन ४ हजार फायर फाइटर खटाइएको छ। यहाँ ४८ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। सीएनएनका अनुसार आगो यति छिटो फैलिरहेको छ कि यसले हरेक ३ सेकेन्डमा फुटबल मैदान बराबरको क्षेत्र जलिरहेको छ।

स्याटेलाइट डाटाका अनुसार बुधबार स्थानीय समय अनुसार बिहान १०ः४५ बजे क्यास्टेक ताल नजिकै उक्त हटस्पट पत्ता लागेको हो। यसअघि जनवरी ७ मा लस एन्जलस वरपरको दक्षिणी जंगलमा आगलागी भएको थियो। जसमा २५ जनाको ज्यान गएको थियो।