यु–१९ महिला विश्वकप : तेस्रो हारसँगै बाहिरियो नेपाल

यु–१९ महिला विश्वकप : तेस्रो हारसँगै बाहिरियो नेपाल

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार तेस्रो हार खेपेको छ।

समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो। लगातार तेस्रो हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ।

यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो। जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५६ रनमा समेटियो।

नेपालका लागि कप्तान पुजा महतोले १८ रन बनाईन्। यस्तै साना एलिसा यादवले नौ, प्रविनले आठ र सावित्री धामीले सात रन बनाए। अन्य खेलाडीले खासै रन बनाउन सकेनन्। बलिङमा अस्ट्रेलियाका लागि हर्सित गिल, जुलट्टी मोर्टन र लिली वासिङफइतेले दुई दुई विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ए कसय ३९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि काओइमहे ब्रेले सर्वाधिक ४५ रन बनाईन्।

यस्तै एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन जोडे। बलिङमा नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिईन्। सीमाना केसीले दुई र रिया शर्माले एक विकेट झारे ।