जनचेतनामुलक सडक नाटक ‘सपना’ मञ्चन

जनचेतनामुलक सडक नाटक ‘सपना’ मञ्चन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टिकाराम आचार्य
काठमाडौं – जन चेतनामुलक सडक नाटक ‘सपना’ मञ्चन गरिएको छ । सुर्यविनायक नगरपालिका को सहयोग र फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रा लि को प्रस्तुतिमा प्रर्दशन भएको उक्त नाटकलाई आइ पी आचार्यले निर्देशन गरेका हुन् ।

नाटकमा निर्देशक स्वयम आचार्य , अञ्जना दुलाल,सानु पाण्डेय, निश्चल खडका र मदन बस्नेतको बजेड अभिनय रहेको थियो ।


नाटकको माध्यबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भइरहेको चेलीबेटि बेचबिखनलाई न्युनीकरण गर्ने र सुर्यविनायक नगरपालिकालाई चेलीबेटि बेचबिखन मुक्त बनाउन उद्देश्यका साथमा नाटक सपना पर्दशन गरीएको नाटकका लेखक रोजन रखालले जानकारी दिए ।

नाटकले मनोरञ्जनमात्र नगराएर समाज परिर्वतनका लागी पनि महत्वपुर्ण भुमीका खेलेको नाटक हेर्न दर्शककको प्रतिकृया रहेको थियो ।
उक्ट नाटक नगरपालीकाको विभीन्न पाँच ठाँउमा पर्दशन भएको थियो ।