एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ।