छतबाट खसेर एकको मृत्यु

छतबाट खसेर एकको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर। घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवलपुर निवासी २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ वनहरीस्थित घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएकोमा उपचारकै क्रममा सवा ६ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।