गाजामा १५ महिनापछि इजरायल–हमास युद्ध रोकियो

गाजामा १५ महिनापछि इजरायल–हमास युद्ध रोकियो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अवीव। इजरायल र हमासबीच गाजामा १५ महिनादेखि जारी युद्ध आजबाट बन्द हुने भएको छ ।

पहिलो चरणको युद्धविराम जनवरी १९ बाट सुरु हुँदैछ। पहिलो दिन हमासले ३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ । उनीहरुलाई साँझ ७ बजे रिहा गरिने छ ।

हमासले रिहा गरिने बन्धकहरुको नाम भने सार्वजनिक गरेको छैन । यसबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नाम सार्वजनिक नगरे युद्धविराममा अगाडि बढ्न नसक्ने बताएका छन् । नेतान्याहुले आवश्यक परे फेरि युद्ध सुरु गर्ने कुरा पनि गरे ।

इजरायलको मन्त्रिपरिषद्ले शनिबार हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।