लुम्बिनी। कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुराइएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
प्रतिक्रिया