जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो: मन्त्री यादव

जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो: मन्त्री यादव

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका छन्।

राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका हुन्।

उनले भने, “२०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा खास गरेर मुहानहरुमा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण अवस्थामा पुगेको छ। तराई मधेशको कुरा गरौं,जहाँ मेरो घर हो। त्यहाँ डेढ फिटमा पानी आउँथ्यो। तर अब हाम्रा मुहानहरु सुक्दै गएका छन्। तर ती मुहानलाई पनि फेरि सञ्चालनमा ल्याउन सकिने विज्ञहरुको सुझाब छ।”

मन्त्री यादवले भुकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्नुपर्ने आवश्यक रहेको बताए।