बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. एक हजार दुई सयले वृद्धि भई रु. एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेंलाे धातु रु. एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो  

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी रु. एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।