अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन। अमेरिकामा आइतबार आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ। यो देशमा विगत १० वर्षयताकै सबैभन्दा खराब हिम तूफान हुन सक्ने आशंका गरिएको छ। स्थितिलाई ध्यानमा राख्दै अमेरिकाका ७ राज्य केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, मिसौरी र न्यु जर्सीका केही क्षेत्रमा आपतकाल लगाइएको छ।

सामान्यतया न्यानो हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ। कन्सास र मिसौरीका लागि विशेष चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्छ। यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकाको राष्ट्रिय मौसम सेवाले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रभावित हुने जनाएको छ।

ध्रुवीय भोर्टेक्सका कारण आएको यो आँधी अमेरिकामा आएको हिउँ आँधीको प्रमुख कारण मानिन्छ। ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन्। भौगोलिक संरचनाका कारण ध्रुवीय भोर्टेक्स सामान्यतया उत्तरी ध्रुवको वरिपरि घुम्छ, तर जब यो दक्षिणतिर सर्छ, यसले अमेरिका, युरोप र एशियामा कडा चिसो ल्याउँछ।

आजकाल अमेरिकामा यस्तै भइरहेको छ, विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि चल्न सक्छ।