एक हजार पाँच सयले घट्यो सुनको मूल्य

एक हजार पाँच सयले घट्यो सुनको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। आज सुनको मूल्य घटेको छ। आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो।

शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ।