तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू. दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला रू. एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू. एक हजार आठ सय १० मा कारोबार हुनेछ ।