नवनियुक्त राजदूतहरुले लिए शपथ

नवनियुक्त राजदूतहरुले लिए शपथ

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमविच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कका लागि आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।