महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल। दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उनको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो।

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरे। यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो।

उनको उक्त कार्यलाई लिएर संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ।

“संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ”, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ।

दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहेका छन्। यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ।

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।

“व्यक्तिले न्यायोचित कारणहरू बिना समनको पालना गर्न अस्वीकार गर्नसक्ने चिन्ताका कारण पक्राउ पुर्जी जारी गरिएको हो र त्यहाँ अपराध भएको शङ्का गर्न पर्याप्त सम्भावित कारण छ”, युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का एक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनमा भने, “पक्राउ पुर्जी जनवरी ६ सम्म मान्य छ।”

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन्।

“अनुसन्धान गर्ने अधिकार नभएको निकायको अनुरोधमा जारी गरिएको पक्राउ पुर्जी र खानतलासी तथा जफत पुर्जी गैरकानुनी र अमान्य छन्”, वकिल युन काब–केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ।