दक्षिण कोरियामा विमान दुर्घटना, अहिलेसम्म १७६ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना, अहिलेसम्म १७६ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियाको मुआन विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको छ। समाचार एजेन्सी एपीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित १८१ जना सवार थिए। १७६ शव बरामद भएको छ।

दुई जनाको उद्धार टोलीले जिउँदै उद्धार गरेको छ । बाँकी ३ यात्रुको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा ८२ पुरुष र ८३ महिला रहेका छन् । ११ शवको अझै सनाखत हुन सकेको छैन।

बैंककबाट आएको विमान विमानस्थलमा अवतरण गर्न लागेको थियो तर ल्यान्डिङ गियरमा खराबीका कारण विमानको पाङ्ग्रा खुलेनन् ।

आपतकालीन अवस्थामा विमानको बेली ल्यान्डिङ गरिएको थियो । यसमा विमानको शरीर सिधै रनवेमा ठोक्किन्छ । यसै क्रममा विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बाउन्ड्री पर्खालमा ठोक्किएको थियो । विस्फोटसँगै आगो लागेको थियो ।

यहाँ रोयटर्सले रिपोर्ट गरेको छ कि दुर्घटना हुनु अघि मुआन एयरपोर्टको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) बाट विमानसँग चरा ठोक्किएको बारे अलर्ट पठाइएको थियो। यो पनि विमानको ल्यान्डिङ गियरमा खराबीको कारण हुन सक्छ।