दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना: ८५ जनाको मृत्यु

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना: ८५ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल। आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। कोरिया टाइम्सका अनुसार दुर्घटनामा परी १८१ जनामध्ये ८५ जनाको शव निकालिएको छ। २ जनाको जीवितै उद्धार गरिएको छ, यसबाहेक अन्य ९४ यात्रुको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी योनहापका अनुसार विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो।

अवतरणपछि विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। एजेन्सीका अनुसार विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए।

दुर्घटना भारतीय समय अनुसार बिहान ५:३७ मा (स्थानीय समय ९:०७) मा भएको थियो। समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको छ।