बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो।

सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ।