भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ।

गएराति उपचारकोक्रममा उनको निधन भएको हो। अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो। 

मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए। उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए।

सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन्।