४.१९ अंकले बढ्यो नेप्से परिसूचक

४.१९ अंकले बढ्यो नेप्से परिसूचक

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ। नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ।

विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो। आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन्।

सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृदि्ध भएको छ। बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन्। यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन्।