एनपिएल: कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

एनपिएल: कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो।

जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा उक्त रन जोड्दै जनकपुरलाई जितको आधार तय गरेका हुन्।

यस्तै हर्ष थाकरले १७, शेर मल्लले अविजित १६, मायन यादवले १४ र आकाश त्रिपाठीले १३ रन बनाए।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीका अनुबन्ध गरेको १६ वर्षीय शर्माले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गदै १७ रन खर्चिए। सोमपाल कामी, विलियम बसिस्टो र जिसम मक्सुदले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। पराजित कर्णालीले तेस्रो बन्यो। प्लेअफमा पुगेको चितवन राइनोज चोथो भयो।