काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।
बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
प्रतिक्रिया