एनपिएल: कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौतीपूर्ण लक्ष्य

एनपिएल: कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौतीपूर्ण लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो।

कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेले। कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाए। यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए।

बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिए। सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिए।

आजको यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। जित्ने टोलीले भने फाइनल पुग्न अर्को खेल खेल्न पाउनेछ।

लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाको हो। कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो।

चितवन आज लिग चरणमा कर्णालीसँग हारेको बदला लिने दाउमा छ। यता कर्णाली लिग चरणको जितलाई कायम राख्दै अगाडि बढ्ने अभियानमा छ। लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो।

आजै दिउँसो पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ।