विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो।

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ। उक्त खेलमा कर्णाली हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ। अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ।

काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए। यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२ र माइकल लेभिटले १० विकेट लिए।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो। विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाए। ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाए।

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिए।