लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

लुम्बिनीलाई हराउँदै कर्णाली पुग्यो प्लेअफको नजिक

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ। १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सकेको हो।

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे। उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए। सन्दीप जोराले २१ बलमा २४ रन जोड। उनले २ छक्का प्रहार गरे।

ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए। उनले २ चौका प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे। उनले ३ चौका हिर्काए।

कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए। उनले २ चौका प्रहार गरे। साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए।

कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए। ३ ओभरमा उनले मात्र १२ रन खर्चिए। सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो। टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए। मात्र ३० बलमा उनले ३ चौका र ३ छक्का हिर्काए। अर्जुन घर्तीले २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे। दुवैले मिलेर ७२ रनको साझेदारी गरे।

ओपनर बाबर हायातले २२ बलमा २० रन जोडे। उनले १ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, चाडविक वाल्टनले १५ बलमा १३ रन जोडे। लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे। दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए। भण्डारीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए।

साद बिन जाफरले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। कप्तान रोहित पौडेलले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट हात पारे। रेमन सिमन्ड्सले पनि १ विकेट लिए।

लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।