सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकैदिन बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको आज तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँकारोबार सुरु भएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।