काठमाडौँ। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाए। यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०-१० रन जोडे।
पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए। उनले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिए। युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिए।
प्रतिक्रिया