राजीनामा बोकेर प्रधानमन्त्री भेट्न पुगेका रास्वपाका मन्त्रीले दिएनन् राजीनामा

राजीनामा बोकेर प्रधानमन्त्री भेट्न पुगेका रास्वपाका मन्त्रीले दिएनन् राजीनामा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुसहित शीर्ष नेताहरु राजीनामा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि राजीनामा नदिइ फर्किएका छन् । प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेपछि राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियार बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएका छौँ । संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने भएकाले राजीनामा दिएनौं ।’