एनपीएल: लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

एनपीएल: लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो। 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाए। उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।

साद विन जाफरले अविजित ५२ रन बनाए। उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए। 

बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए। चितवन राइनोज आज चौथो जित निकाल्दै प्ले अफतर्फ लम्कने तयारीका छ। यता राम्रो योगफल बनाएरपनि लगातार चार हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने तयारीमा छ। 

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ।