एनपीएल: लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

एनपीएल: लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो। लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाए।

उनले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाए। टोम मूर्सले ४५ रन बनाए। उनले ३८ बलमा दुई चौका र दुई छक्का हाने। सन्दीप जोराले १८ रन जोडे।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए। म्याट क्रिच्ट्लीले एक विकेट लिए। लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ।

यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो। पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो।