एनपीएल: कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य

एनपीएल: कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। इङ्लिस ब्याट्सम्यान रवि बोपाराको अर्धशतकीय पारी खेलेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाए। कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए।