लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य

लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि बिराटनगर किङ्ग्सलाई एक ससय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक ससय ९१ रन बनायो । यो जारी लिगको सर्वाधिक ठूलो योगफल हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए। उनले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।

यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५/१५ र सन्दीप जोराले १२ रन बनाए। साद बिन जफर

बलिङमा बिराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए। लुम्बिनीको यो लिगमा पहिलो खेल हो। तेस्रो खेल खेलिरहेको बिराटनगरले यसअघिका दुई खेलमा हार खेपेको छ।

बिराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो।